सामाजिक सञ्जाल

‘मलाई शेरबहादुर मन पर्छ’ भन्ने कार्यक्रम बन्द गर्न प्रधानमन्त्रीले निर्देशन दिएको नेता गुरुङको खुलासा

२९ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आई लभ यु केपी बा भन्नेले केपी ओलीलाई कहाँ पुर्याए भन्ने स्मरण गराएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा आज बोल्दै नेता गुरुङले सभापति देउवाको मलाई शेरबहादुर मन पर्छ भन्ने कार्यक्रमले आफू झसङ्ग भएके बताएका छन् ।
उनले ‘मलाई शेरबहादुर मनपर्छ’ भन्ने भिडिओ सन्दर्भ मैले उठाएपछि सभापति ज्युले ‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइ सकें, अब आउँदैन, तपाईं ढुक्क हुनुस्।’ भन्ने जवाफ पाएको सर्बसाधारणलाई ट्वीटमार्फत जानकारी दिएका छन् ।
नेता गुरुङले प्रधानमन्त्री देउवाले बोलेको बचन पुरा हुने बिश्वास लागेको बताएका छन् ।
उनको ट्वीटः
कांग्रेस केन्द्रीय समितिको बैठकमाः
‘I Love You  बा’ भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बाल्कोटको बार्दलीमा पुर्‍याए।
सभापति ज्यु’ तपाईं प्र.म.बनेपछि कांग्रेसमा पनि ‘मलाई शेरबहादुर मनपर्छ’ भन्ने प्रबृत्ति सुरु भएछ। भिडिओ देख्दा झसङ्ग भएँ।
यस्तो प्रबृत्तिबाट सजग हुनुहोस्।
‘मलाई शेरबहादुर मनपर्छ’ भन्ने भिडिओ सन्दर्भ मैले उठाएपछि सभापति ज्युले ‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइ सकें, अब आउँदैन, तपाईं ढुक्क हुनुस्।’ भन्ने जवाफ पाएँ।
उहाँले बोलेको कुरा कार्यान्वयन हुने विस्वास लिएको छु।