३१ साउन, तनहुँ । नेकपा एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराईले लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? भन्दै देउवा सरकारलाई प्रश्न गरेका छन् ।
डा भट्टराईले संसदमा विपक्षीका तर्फबाट बिषय उठाइएको पनि धेरै दिन भइसक्यो, अन्य मुलुकहरूले आ(आफ्ना नागरिक फर्काउन थालिसके भन्दै नेपाली काँग्रेसका सभापतिको नेतृत्वको सरकारलाई प्रश्न गरेका हुन् ।
उनले सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन भन्दै दाबीका साथ कि परमादेशबाट आएकालाई मिल्छ ? भन्ने अकार्ने प्रश्न ट्वीटमार्फत राखेका छन् ।
डा घट्टराईको ट्वीटः संसदमा विपक्षीका तर्फबाट बिषय उठाइएको पनि धेरै दिन भइसक्यो । अन्य मुलुकहरूले आ-आफ्ना नागरिक फर्काउन थालिसके । तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?