सामाजिक सञ्जाल

अफ्गानीस्तानबाट नेपाली राजनीतिक ब्यक्तीहरुले पाठ सिक्नुपर्ने डा भट्टराईको टिप्पणी

३२साउन, काठमाडौं । राजपाका अध्यक्ष डा बाबुराम भट्टराईले भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टी भएको बताएका छन् ।
डा भट्टराईले ट्वीट गर्दै हामी पनि वेलैमा सतर्क बन्ने कि भन्दै अफ्गानीस्तानबाट नेपाली राजनीतिक ब्यक्तीहरुले पाठ सिक्नुपर्ने उनले बताएका छन् । अफगानीस्तानमा राजनीतिक संकटका कारण राष्ट्रपतिलगायतका उच्च पदस्थ ब्यक्तीहरु देश छाडेर भागेपछि डा भट्टराईले बिचार दिएका हुन् ।
डा भट्टराईको ट्वीटः भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टी भयो है! हामी पनि वेलैमा सतर्क बन्ने कि ?