१ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले ‘भारतीयले तुइन बन्द गरेकाले दार्चुलामा खाद्यान्न अभाव’ भन्ने समाचारले कटक्क मन खाएको बताएका छन् । कालापानी तर्फ जाने सडक नेपाली भुमीमै बनाऔं भनेर पहिलेदेखि भन्दै आएको स्मरण गराउँदै उनले उक्त कुरा बताएका छन् ।
नेता गुरुगंले झार उखेल्न अर्बौं स्वाहा पार्ने प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट यता सडक खन्न उपयोग गर्नुहोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
उनको ट्वीटः ‘भारतीयले तुइन बन्द गरेकाले दार्चुलामा खाद्यान्न अभाव’ भन्ने समाचारले कटक्क मन खायो।
कालापानी तर्फ जाने सडक नेपाली भुमीमै बनाऔं भनेर पहिलेदेखि भन्दै आएको छु।
झार उखेल्न अर्बौं स्वाहा पार्ने प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट यता सडक खन्न उपयोग गर्नुहोस्
@PM_Nepal_ ज्यु!