सामाजिक सञ्जाल

अध्यादेशको बिषयमा डा भट्टराईको टिप्पणीः ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय

१ भदौ, काठमाडौं । जसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय भएको बताएका छन् । डा भट्टराईले जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष डा भट्टराईले अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएको उनले बताएका छन् । गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस भन्दै पुर्ब प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले ट्वीट गरेका छन् ।
उनले आज सरकारले ल्याएको अध्यादेशको सिफारिसको बिषयमा उक्त टिप्पणी गरेका हुन् ।
उनको ट्वीटः ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो। जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो। अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो। गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस!