सामाजिक सञ्जाल

अध्यादेशको बिरोध गर्दै नेता गुरुगंले भने, ‘राजनीति व्यक्तिगत घाटा/नाफाको व्यापार हैन’

१ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले क्षणिक लाभका लागि गरिने कर्मले राजनीतिमा दुर्गामी नोक्सानी पुर्‍याउन सक्छ भनेका छन् । उनले अध्यादेशबाट सत्ता जित्ने खेल खेल्दा राजनैतिक व्यवस्था प्रति नै बितृष्णा फैलिने अनुमान लगाउँदै उक्त कुरा बताएका हुन् ।
आज शेरबहादुर देउवा सरकारले ल्याएके अध्यादेशको बिषयमा टिप्पणी गर्दै नेता गुरुगले होस् पुर्‍याऔं, राजनीति व्यक्तिगत घाटारनाफाको व्यापार हैन भन्ने ठोकुवा गरेका छन् ।

उनको ट्वीटः
क्षणिक लाभका लागि गरिने कर्मले राजनीतिमा दुर्गामी नोक्सानी पुर्‍याउन सक्छ।
अध्यादेशबाट सत्ता जित्ने खेल खेल्दा राजनैतिक व्यवस्था प्रति नै बितृष्णा फैलिन सक्छ।
होस् पुर्‍याऔं! राजनीति व्यक्तिगत घाटारनाफाको व्यापार हैन।
जय शम्भो!!!!