सामाजिक सञ्जाल

अध्यक्ष दहालको स्वास्थ्य अवस्था सामान्य, कोरोना परीक्षण नेगेटिभः गंगा दहाल

५ भदौ, काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल बिरामी भएको भन्ने समाचारमा परिवारका तर्फबाट स्पष्टोक्ती आएको छ ।
अध्यक्ष दहाल पुत्री गंगा दहालले सामाजिक सञ्जालमा लेख्दै अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आए संगै अहिले अवश्था सामान्य रहेको जानकारी दिएकी छन् ।
देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको भन्दै सर्बसाधारणका लागि स्पष्ट गरेको बताएकी छन् ।
छोरी गंगाम दहालको स्टाटस्ः देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आए संगै अहिले अवश्था सामान्य रहेको छ।