सामाजिक सञ्जाल

ओलीका ‘वार्ता/सहमती’ का भ्रमपूर्ण सामाचार पछि नलागी कम्युनिष्ट पुनगठनमा लाग्न अध्यक्ष नेपालको अपील

८ भदौ, काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर गएका नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।
उनले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको भन्दै उक्त अपील गरेका हुन् ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएका वार्ताहरुको पछि नलागी नयाँ कम्युनिष्ट आन्दोलनमा लाग्ने र उक्त आन्दोलनमा साथ दिन स्पष्ट गर्दै फेसबुकमा स्टटाटस् लेखेका छन् । आज पनि एमालेको स्थायी समितिको बैठक छ र उक्त बैठकमा एमाले एकताका लागि कुरा उठ्ने निश्चित प्राय भएका बेला नेता नेपालको प्रतिकृया अँएको छ । अध्यक्ष केपी शर्मँ ओलीलाई संकेत गर्दै अध्यक्ष नेपालले त्यतातिर नलाग्न आग्रह गष्र्दै नयाँ आन्द्योलनलाई साथ दिन अपील गरेका हुन् ।

अध्यक्ष नेपालको स्टाटस्ः दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्। अतस् यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।