९ भदौ, काठमाडौं । बरिष्ठ लेखक तथा बुद्धिजीवी खगेन्द्र संग्रौलाले ओली प्रवृत्तिद्वारा चोरिने डरले माधव कँणले आफ्नो दलबल चन्द्रागिरि वनमा लगेर लुकाएको भन्दै उक्त कार्यको आलोचना गरेका छन् ।
उनले ट्वीट गर्दै सय जनाको दुई दिनको खाइ-पिइ-सुताइ उपद्रै महँगो रिसोर्टमा भन्दै लाभ हेतु लगानी कुनै दलालको त होला भनेका छन् । नेकपा एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालप्रति लक्षीत गर्दै लेखक संग्रौला आक्रोशित भएका छन् । पुर्व प्रधानमन्त्री एबम् नेकपा एकीकृतका अध्यक्ष माधव कुमार नेपालले केहीदिन अगाडी उद्योगपति चन्द्र ढकालको चन्द्रागिरी रिसोर्टमा एक सय जनालाई एक रात आराम गराएको समाचारमाथी संग्रौलाको टिप्पणी हो ।
संग्रौलाले टिप्पणी गरेका छन्, ‘यसरी पार्टी जन्म्यो दलाल पुँजीका काखमा,पुच्छर जोड्यो समाजवादी। अर्थात् दलाल समाजवादी पार्टी! दुःख!’
उनको ट्वीटः
ओली प्रवृत्तिद्वारा चोरिने डरले माधव कँणले आफ्नो दलबल चन्द्रागिरि वनमा लगेर लुकाए।
सय जनाको दुई दिनको खाइ-पिइ-सुताइ उपद्रै महँगो रिसोर्टमा। लाभ हेतु लगानी कुनै दलालको त होला।
यसरी पार्टी जन्म्यो दलाल पुँजीका काखमा, पुच्छर जोड्यो समाजवादी। अर्थात् दलाल समाजवादी पार्टी! दुःख!