राजनीति

डा भट्टराई आक्रोशितः अरू सबै राजबन्दी ससम्मान रिहाइ हुने तर रेशम चौधरी अझै किन थुनामा ?

९ भदौ, काठमाडौं । राजपाका अध्यक्ष डा बाबुराम भट्टराईले अरू सबै विद्रोहका राजबन्दी क्रान्तिपछि ससम्मान रिहाइ हुने तर संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सांसद रेशम चौधरी लगायत किन थुनामा ? भन्दै प्रश्न गरेका छन् ।
पुर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले थारूहरूको टीकापुरविद्रोह कांग्रेसको राणाविरूद्ध विद्रोह,एमालेको झापाविद्रोह, माओवादीको जनयुद्ध, फोरमको मधेसविद्रोह जत्तिकै राजनीतिक विद्रोहरक्रान्ति हो भन्दै रेशम चौधरीलाई रिहाई किन नगर्ने भन्ने प्रश्न गरेका हुन् । डा भट्टराईले बरिष्ठ पत्रकार नारायण वाग्लेको ट्वीटलाई उत्तर दिँदै उक्त विचार राखेका हुन् ।
डा भट्टराईको ट्वीटः थारूहरूको टीकापुरविद्रोह कांग्रेसको राणाविरूद्ध विद्रोह,एमालेको झापाविद्रोह, माओवादीको जनयुद्ध, फोरमको मधेसविद्रोह जत्तिकै राजनीतिक विद्रोहरक्रान्ति हो!
अरू सबै विद्रोहका राजबन्दी क्रान्तिपछि ससम्मान रिहाइ हुने तर संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सांसद रेशम चौधरी लगायत किन थुनामा ?