लुम्बिनी

मनकारी निराजनले स्वर्गीय हजुरबुवा/हजुरआमाको स्मृतिमा स्कुललाई गरे दुई लाख १७ हजार सहयोग

९ भदौ, बुटबल । सैनामैनाका युवा ब्यावशायी निराजन घिमिरेले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिनको पूर्बसन्ध्यामा स्वार्गीय हजुरबा दधिराम घिमिरे र स्वर्गीय हजुरआमा इन्द्रकला घिमिरेको स्मृतिमा गरिव, अनाथ, अपांग तथा जेहेन्दार बिद्यार्थीको छात्रबृतिका लागि दुई लाख १७ हजार ५५१ रुपैयाँ अक्षय कोष स्थापना गरेका छन् ।
उनले ३० औं जन्मदिनको अवशरमा सहयोग गरेपनि यसभन्दा अगाडीका बर्षहरु लगातार यस्ता प्रकारका सहयोग गर्दै आएका छन् । सैनामैना ६, भाटाकाचौर (भरतपुर)मा अवस्थित सामुदायीक स्कुलमा उनले सहयोग गरेका हुन् । यस सामुदायीक स्कुलमा एक हजार भन्दा बढी बिद्यार्थी रहेका र अक्षयकोषले मेहेनत गर्ने बिद्यार्थीलाई छात्रबृति दिँदा उत्शाह थप्ने स्थानीय अभिभावक बताउछन् ।