राजनीति

महामन्त्री खड्काको आह्वानः पार्टी सदस्य/शुभचिन्तकहरुलाई पार्टीको महाधिबेशनरुपि महायज्ञमा जुटौं

१३ भदौ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले अब कहि कतै भ्रम नरहोस, अन्योल र अलमलमा नपरौँ, भाद्र १८ गते देखि वार्ड अधिबेशन प्रारम्भ हुन्छ भनेका छन् ।
महाधिवेशन हुने वा नहुने भन्ने अन्यौल रहेका बेला पार्टी कार्यालयमा अनशनरत जिल्लासभापतिहरुसँग सहमती भई अधिवेशनको वाताबरण बन्दै गएका बेला महामन्त्री खड्काले अधिवेशन हुने ठोकुवा गरेका हुन् ।
पटक पटक क्रियाशीय सदस्यताको बिबादका कारण काँग्रेसको १४ अधिवेशन सरेपछि अन्यौलग्रस्त देशभरका कार्यकर्ता अब अधिवेशन हुने भएपछि क्षेत्र, वडा र जिल्लामा भीडभाड बढ्न थालेको छ ।
महामन्त्री खड्काले यो संङ्गै नेपाली काँग्रेसको१४औं महाधिबेशनको प्रकृया प्रारम्भ हुन्छ भन्दै पार्टीका सबै तहका नेता,पार्टी सदस्यहरु, शुभचिन्तकहरुलाई सबै पार्टीको महाधिबेशनरुपि महायज्ञमा जुटौ भन्ने आह्वान गरेका छन् ।
उनको स्टाटस्ः
अब कहि कतै भ्रम नरहोस।
अन्योल र अलमलमा नपरौँ ।
भाद्र१८गते देखि वार्ड अधिबेशन प्रारम्भ हुन्छ।
यो संङ्गै नेपाली काँग्रेसको१४औं महाधिबेशनको प्रकृया प्रारम्भ हुन्छ
पार्टीका सबै तहका नेता,पार्टी सदस्यहरु,
शुभचिन्तकहरु हामी सबै पार्टीको महाधिबेशनरुपि
महायज्ञमा जुटौ
तपाईंको – महामन्त्री:
पूर्ण बहादुर खड्का