सामाजिक सञ्जाल

डा आचार्यको टिप्पणीः चल्तीका नेताहरु गुट र विदेशी शक्तिको स्वार्थ पुर्ति गर्नमा तल्लिन देखिए

१३ भदौ, काठमाडौं । पुर्बाधारबिद डा सुर्यराज आचार्यले जनताका विकास, रोजगारी र सामाजिक न्यायका आकांक्षा संबोधन गर्न नसक्ने गरी राज्य संयन्त्र नराम्ररी बिग्रेको टिप्पणी गरेका छन् ।
डा आचार्यले चल्तिको राजनीतिका पात्रहरु भने बिग्रेको संयन्त्रलाई मर्मत गर्ने भन्दा यसैलाई उपयोग गरेर निजिरगुट र विदेशी शक्तिको स्वार्थ पुर्ति गर्नमा तल्लिन देखिन्छन भन्दै उक्त टिप्पणी गरेका हुन्। उनले लक्षण राम्रो नभएको भन्दै यसमा सम्बन्धीत पक्ष चिन्तित हुनेपर्ने साँकेतिक सुझाव दिएका छन् ।
उनको ट्वीटः जनताका विकास, रोजगारी र सामाजिक न्यायका आकांक्षा संबोधन गर्न नसक्ने गरी राज्य संयन्त्र नराम्ररी बिग्रेको छ।
चल्तिको राजनीतिका पात्रहरु भने बिग्रेको संयन्त्रलाई मर्मत गर्ने भन्दा यसैलाई उपयोग गरेर निजिरगुट र विदेशी शक्तिको स्वार्थ पुर्ति गर्नमा तल्लिन देखिन्छन।
लक्षण राम्रो छैन !