१४ भदौ, काठमाडौं । जसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी रहेको भन्दै असन्तुष्टी जनाएका छन्। उनले भारत, खाडी पस्ने युवाहरूको लर्को जारी भएको, कमिसनखोरको खेलो जारी रहेको, छिमेकीको हैकम जारी रहेको, जयसिंह धामीको वेपत्ता जारी रहेको, छाउपडी जारी रहेको टिप्पणी गर्दै असतुष्टी जनाएका हुन् ।
डा भट्टराईले ट्वीट गर्दै छोइछिटो जारी छ, मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ, श्रमिकको चुलो खाली छ, अतः वैकल्पिक शक्तिको खोजी जारी छ भनेका छन् ।
डा भट्टराईको ट्वीटः ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ! भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ! कमिसनखोरको खेलो जारी छ! छिमेकीको हैकम जारी छ! जयसिंह धामीको वेपत्ता जारी छ! छाउपडी जारी छ!
छोइछिटो जारी छ! मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ१श्रमिकको चुलो खाली छ! अत: बैकल्पिक शक्तिको खोजी जारी छ!