सामाजिक सञ्जाल

खगेन्द्रको प्रश्नः मन्त्री पद नारानकाजी, देव गुरूङ, हरिबोल र देवेन्द्रको बाउको बिर्ता हो ?

१४ भदौ काठमाडौं । बरिपष्ठ लेखक एबम् बुद्धिजिवी खगेन्द्र संग्रौलाले नारानकाजी, देव गुरूङ, हरिबोल र देवेन्द्र पौडेल मन्त्री पद नपाए आत्मदाह गर्ने मूडमा छन् भन्ने सुनिएको भन्दै हैन, मन्त्री पद यिनका बाउको बिर्ता हो कि कसो ? भन्ने प्रश्नसहित आक्रोश ब्यक्त गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘एमाओवादीका मन्त्री भइसकेका दुई बासी अनुहार जनार्दन र पम्फा फेरि मन्त्री भाछन्। मन्त्री भएर नालायक साबित भइसकेका बासी अनुहारधारी कमरेडहरु आत्मादह गर्ने मुडमा’ भएको बिषयलाई जोड्दै लेखक संग्रौलाले आक्रोश पोखेका हुन् ।
उनको ट्वीटः एमाओवादीका मन्त्री भइसकेका दुई बासी अनुहार जनार्दन र पम्फा फेरि मन्त्री भाूछन्। मन्त्री भएर नालायक साबित भइसकेका बासी अनुहारधारी कमरेड नारानकाजी, देव गुरूङ, हरिबोल र देवेन्द्र मन्त्री पद नपाए आत्मदाह गर्ने मूडमा छन् भन्ने सुनिन्छ। हैन, मन्त्री पद यिनका बाउको बिर्ता हो कि कसो ?