१५ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले मेयरले फोहोर व्यवस्थापनका लागि गुहार माग्ने र प्रधानमन्त्रीले निर्देशन दिने गरेर समाधान हुँदैन भनेका छन् ।
उनले ट्वीट गर्दै मैले ूफोहोरलाई मोहरू बनाऔं भनेर संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको थिएँ भनी स्मरणसमेत गराएका छन् । नेता गुरुगंले फोहोर समस्या हैन समाधान हो भन्दै ट्वीटमार्फत काठमाण्डौं उपत्यकामा निस्कने फोहोरबाट १००मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिन्छ भन्ने बिचार ब्यक्त गरेका छन्।
उनको ट्वीटः मेयरले फोहोर व्यवस्थापनका लागि गुहार माग्ने र प्रधानमन्त्रीले निर्देशन दिने गरेर समाधान हुँदैन।
मैले ूफोहोरलाई मोहरू बनाऔं भनेर संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको थिएँ।
फोहोर समस्या हैन समाधान हो।
काठमाण्डौं उपत्यकामा निस्कने फोहोरबाट १००मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिन्छ।