राजनीति

महाधिवेशनलाई प्रभावमा पार्न बाग्मतीमा काँग्रेस सरकार बनाउने प्रस्ताव आपत्तिजनकः डा कोईराला

१४ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? भन्ने कडा प्रश्न गरेका छन् ।

उनले ट्वीट गर्दै वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य भएको भनदै कडा प्रश्न गरेका हुन् ।

डा कोईरालाको ट्वीटः वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ। यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ ।
संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?
यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु ।