१४ असोज, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कविता लेखेको छन् । भ्रष्टाचार बिरुद्ध नबोलेको भन्ने आक्रोस पोख्दै नेता गुरुङले कविता लेखेर ट्वीट गरेका छन् ।
उनले कवितामा यस्तो भनेका छन्ः
हामी जिउँदा लास हौं
त्यसैले
अन्यायका बिरुद्ध बोल्दैनौं,
भ्रष्टाचारका बिरुद्ध बोल्दैनौं,
बलात्कारका बिरुद्ध बोल्दैनौं,
बिदेशी दलालका बिरुद्ध बोल्दैनौं।
तैपनि हामीलाई
आर्यघाट लाँदैनन्,
चितामाथि राख्दैनन्,
दागबत्ती दिंदैनन्,
शरीरमा आगो झोस्दैनन्।
किनकि
हामी लास त हौं तर जिउँदा छौं।