१७ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले नेपाली काँग्रेसको भातृसंस्था नेविसंघको अध्यक्षमा महिला हुनुपर्ने माग गरेका छन् ।
उनले ट्वीटमार्फत माओबादीको भातृसंस्था अनेराश्वबियू क्रान्तिकारीको अध्यक्षमा महिला भएको भनेर बधाई दिनेर नेकपा एमालेको भातृसंस्था अनेराश्वबियूको अध्यक्षमा महिला नै अध्यक्षमा रहेको स्मरण गराउँदै उक्त माग गरेका छन् ।
उनले नेविसंघमा नयनसिंहको राजीनामा पछि नेका केन्द्रीय समिति बैठकमा नेविसंघको सभापति महिला वा दलितबाट बनाउन सुझाव दिएको थिएँ भनेका छन् ।
उनको ट्वीटः अनेरास्ववियुले केही महिला नेतृत्व जन्मायो।
अखिल क्रान्तिकारीले पनि महिला नेतृत्व पायो। पन्चासिंह बहिनीलाई बधाई!
नेविसंघमा नयनसिंहको राजीनामा पछि नेका केन्द्रीय समिति बैठकमा नेविसंघको सभापति महिला वा दलितबाट बनाउन सुझाव दिएको थिएँ। तर भएन।
यसैले त रुपान्तरणको कुरा उठाउने गर्छु।