सामाजिक सञ्जाल

प्रधानन्यायधीशले नैतिकता गुमाएपनि कामै रोकेर न्यायधीशहरुले राजनीति गर्नु गलतः अध्यक्ष थापा

९ कात्तिक, काठमाडौँ : राप्रपाका अध्यक्ष कमल थापाले प्रधानन्यायधीशले राजीनामा दिनुपर्नेमा दुबिधा नभएपनि सर्बोच्च अदालतका न्यायधीशहरुले राजनीतिरगुटबन्दी गर्नु गलत भएको विचार ब्यक्त गरेका छन ।
उनले ट्वीट गर्दै प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणाले पदमा बस्ने नैतिकता गुमाई सक्नुभयो, त्यसमा विवाद छैन भन्दै ईजलास बहिष्कार गर्ने, न्याय निरुपण नगर्ने, न्यायपालिका भित्र राजनीतिरगुटबन्दी गर्ने काम न्यायधीशको होईन भन्ने बिचार ब्यक्त गरेका छन् ।
अध्भ्यक्ष थापाले भनेका छन्, ‘ संसद, नागरिक समाज र संचारमाध्यमले खवरदारी गरि रहनेछन् ।’

उनको ट्वीटः प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाले पदमा बस्ने नैतिकता गुमाई सक्नुभयो,त्यसमा विवाद छैन। संसद, नागरिक समाज र संचारमाध्यमले खवरदारी गरि रहनेछन्। तर, ईजलास बहिष्कार गर्ने,न्याय निरुपण नगर्ने, न्यायपालिका भित्र राजनीतिरगुटबन्दी गर्ने काम न्यायधीशको होईन।
यस्तो अमर्यादित कार्य रोकियोस्