काठमाडौं ११ कार्तिक । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेसहित ४ मन्त्रीले आज शपथ लिने तयारी गरेका छन् । अपरान्ह ४ बजे पाण्डेले मुख्यमन्त्रीको शपथ लिनेछन् भने कृष्ण खनाल, कृष्णलाल भँडेल र कुमारी मोक्तानले मन्त्रीको शपथ लिने तयारी छ । नेकपा (एस) बाट पाण्डे र खनाल, कांग्रेसबाट भँडेल र माओवादी केन्द्रबाट मोक्तान सरकारमा जाने भएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा समाजवादी पार्टीका ५९ प्रदेश सांसदहरूको समर्थनमा नेकपा (एस)का संसदीय दलका नेता पाण्डेले बुधवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले बिहीवार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए ।