बाग्मती

बाग्मतीमा मन्त्रीपरिषद गठन हुँदैः आन्तरिक मामिलामा खनाल र भौतिक पुर्वाधारमा भँडेल

काठमाडौं ११ कार्तिक । बागमती प्रदेशमा मुख्यमन्त्री बन्दै गरेका राजेन्द्र पाण्डेले आजै सानो आकारको मन्त्रीपरिषद गठन गर्दैछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्षी शाक्यले राजीनामा दिएपछि पाण्डे आज मुख्यमन्त्री बन्दैछन् ।

नेकपा एकिकृत समाजवादीका नेता पाण्डेले बागमतीको आन्तरिक मामिलामा कृष्णप्रसाद खनाल र भौतिक पुर्वाधारमा कृष्णलाल भँडेल र सामाजिक विकासमा कुमारी मोक्तानलाई मन्त्री बनाउँदैछन् ।

एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । साथै कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।