१२ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)का अध्यक्ष कमल थापाले संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भैसकेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् ।
साथै प्रधानन्यायाधीश विवादका कारण सर्बाेच्चमा भईरहेको समस्याप्रति दुखेसो समेत व्यक्त गरेका छन् ।
अध्यक्ष थापाले न्यायपालिकामा न्यायाधीशहरूको हडताल, संसदमा प्रतिपक्षी दलको अवरोध र सरकारी अकर्मण्यताको शिकार साथै सरकार ब्रम्हलुट रसर्वसत्तावादमा लिप्त भएको प्रति कटाक्ष गर्दै यही हो जनयुद्ध र जनआन्दोलनको लक्ष्य भन्दै प्रश्न समेत गरेका छन् ।
राप्रपाका अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनस्थापनावारे विचार गर्नुपर्ने कुरा पुनः दोहर्याएका छन् ।