१२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा.डीला संग्रौलाले नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नमागेको बताएकी छिन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेकी डा.संग्रौलाले आज रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो बताएकी हुन् ।
डा.संग्रौलाले नेपाली कांग्रेसभित्र जबराको राजीनामा माग्ने वा महाअभियोग लगाउने भन्नेबारे कुनै छलफल नै नभएको समेत जिकिर गरेकी छिन् ।
साथै सर्बाेच्च अदालत आँफैमा स्वतन्त्र रहेको भन्दै कसैलेपनि हस्तक्षप गर्ननहुनेमा समेत जोड दिएकी छिन् । साथै फरक प्रसंगमा डा संग्रौलाले जनताको आवाज बुलंदपार्ने ठाउँ संसद रहेको समेत बताईन ।