सुदूरपश्चिम

चक्कु प्रहार गरि हत्या गरेको आरोपमा एक पक्राउ

कैलाली, १३ कात्तिक । कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउँद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका-८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार ९चक्कु० प्रहार गरी घाइते बनाएका थिए ।

घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।