प्रदेश 1

बोल्नु भन्दा अगाडी बिचार गर्छु भन्दै मन्त्री कार्कीले भनेः चक्रघट्टी/प्रकाशपुरलाई स्मार्टसिटी बनाउँछु

१५ कात्तिक, चक्रघट्टी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् सूचना तथा सञ्चारमन्त्री एबम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली काँग्रेसले जिल्ला कार्यसमिति सर्बसम्मत् गर्नुपर्ने बताएका छन् ।
उनले सुनसरीको चक्रघट्टी ढिकझोरामा बराहक्षेत्र नगरपालीका नेपाली काँग्रेसद्वारा आयोजीत दीपावली तथा छठ पर्वको अवशरमा आयोजीत शुभकामना कार्यक्रममा शुभकामना दिँदै स्थानीय भूमिहिनको समस्या जटिल भएकाले उक्त समस्या समाधान गर्न आफूले भैमि आयोगका अध्यक्षलाई पनि साथमा लिएर आएको र स्थानीय बढीपीडित, भूमिहीन र गरिवका लागि सरकारले बिशेष प्याकेज ल्याएर काम गर्ने बताए ।
उनले अहिलेको गठबन्धन सरकार नेपाली जनताको पक्षमा रहेको भन्दैभूमिहीनको समस्या समाधान गर्न एकसेएक ब्यक्तीहरु भएपनि आफूले पनि केशव निरौलालाई नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको खुलस्त गर्दै आफूले सुनसरीका जनताको हीतका लागि काम गर्ने अध्ययन गरेर उहाँलाई नियुक्त गर्न आग्रह गरेको बताए ।
मन्त्री कार्कीले देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन उद्यत रहेको भन्दै मूठ्ठीभर जनतालाई भन्दा सबै नेपालीलाई धनी बनाउन लाग्नु सरकारले आफ्नो कर्तब्य भएको भन्दै बिगतको सरकारले राज्य सरकारको शक्ती दुरुपयोग गरेको भन्दै सबैको आत्मासम्मानका लागि काम गर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई कोही पनि मान्छे आस्थाका आधारमा अन्यायमा नपार्न निर्देशनसमेत दिए । उनले प्रकाशपुर चक्रघट्टीलाई स्मार्ट सिटीका रुपमा बिकास गर्न आफूले चाँडै बिशेषज्ञहरु पठाउने दृढता ब्यक्त गर्दै सरकारको मूलमन्त्र भनेको बिकास भएको बताए । उनले आफूहरु बोल्नुभन्दा अगाडी धेरै नै बिचार गर्ने भन्दै साम्याबादीहरुले जे पायो उही बोलेजस्तो आफूहरु नबोल्ने बताए ।

कार्यक्रममा भूमि आयोगका अध्यक्ष केशव निरौलाले सुनसरीका सुकुम्बासी वा कोशीपीडितका लागि आफूले काम गर्ने बताए । उनले कुनैबेला बिर्ताको नाममा जग्गा बाँडेको स्मरण गर्दै गरिव, किशान र बाढीपिडितका लागि आफूहरुले काम गर्नेमा शंका नभएको बताए । उनले सबै गरिबको प्रतिनिधिका रुपमा आफूहरुले काम गर्ने भन्दै अब झुक्याएर राजनीति गर्ने भन्दा आफू दुई चार महिनापछि पुनः चक्रघट्टी फर्किँदा केही गर्नेगरी आउने बताए ।
अध्यक्ष निरौलाले ०७० सालमा आयोग बनेपनि त्यसले भूमिहिनका लागि कुनैपनि काम नगरेको बताउँदै क्षेत्र नम्बर ४ को साँसदको रुपमा ज्ञानेन्द्र बहादुर कार्कीलाई चुनेर स्थानीयले धेरै नै विवेक प्रयोग गरेको बताए ।
कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारी, प्रदेश क का सभापति उपेन्द्र कट्वाललगायतका नेताहरुले सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीका लागि धेरै नै बिकास गरेको बताएका थिए। उनले नगरमा बिजयी हुनेहरुले पराजीत हुनेहरुलाई संगै लिएर हिँडेमात्र सफल हुंईने भन्दै त्यसका लागि क्ष्ँेत्र नम्बर ४ र जिल्लाको अधिवेशन सर्बसम्बत् रुपमा हुनेपर्ने बिचार ब्यक्त गरेका हुन् ।