१५ कार्तिक, काठमाडौं । कर्णालि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजीनामा दिने भएका छन् । कांग्रेसको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले आज साँझसम्म राजीनामा दिने बताईएको छ ।
शाहीले आज साँझ ५ बजे मन्त्रीपरिषदको बैठक बोलाएको र बैठक लगत्त्तै राजीनामा दिने तयारी रहेको बताईएको छ ।गत वैशाखमा नेकपा एमालले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।
त्यसबेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सत्ता साझेदार गर्ने सहमति अनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् ।