१६ कार्तिक, काठमाडौं । कर्णाली प्रदेशको मुुख्यमन्त्रीका लागी जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । मुखयमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि काग्रेस संसदीय दलका नेता समेत रहेका जीवबहादुर शाहीले मुखयमन्त्रीमा दाबी पेस गरेका हुन् ।
सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कलौनीले आज साँझ साढे ७ बजेभित्र बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।
२१ जना सांसदको समर्थनसहित आज शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग दाबी पेस गरेका हुन् । उनलाई तीन नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदहले समर्थन गरेका छन् ।
४० सदस्यीय प्रदेशसभामा हाल ३५ सदस्यीयमा झरेको छ । ३५ मध्ये १८ जना सांसदको समर्थन भए सरकार गठनका लागि बहुमत पुग्छ । आज साँझ ८ बजे नै मुख्यमन्त्री शाहीले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।