१८ कार्तिक, काठमाडौं । काठमाडौंमा प्रशारण भइरहेको रेडियो काठमाडौंले तिहारको झिलिमिलीसँगै आफ्नो क्षमता वृद्धि गरेको छ ।
रेडियो काठमाण्डु ९२।१ मेगाहर्जले आफ्नो प्रसारण क्षमता वृद्धि गरेको रेडियो काठमाण्डू संचालक संस्था हाम्रो ब्रोडकास्टिङ कम्पनीका अध्यक्ष युपी लामिछानेले नेप्लिज टाइम्सलाई बताए ।
विसं २०७३ साल बैशाख १ गतेबाट औपचारिक प्रसारण सुरु गरेको रेडियोको प्रसारण क्षमता वृद्धि गरी एक हजार वाट पुर्याइएको उनको भनाइ छ ।
‘परिवर्तन सम्भव छ’ भन्ने मूल नाराका साथ काठमाडौंको चाबहिलबाट प्रसारण भइरहेको रेडियो काठमाण्डु क्षमता वृद्धिसँगै अब स्रोतमाझ अझै परिष्कृत र स्पष्टरूपमा सुनिने उनले विश्वास गरेका छन् ।
धेरै स्रोताको रोजाइमा परेको रेडियो काठमाण्डु अहिलेको डिजिटल युगमा एफएम फ्रिक्वेन्सीमा सुन्न मात्रै होइन, हेर्न र पढ्नसमेत सकिन्छ । एफएम फ्रिक्वेन्सीसँगै रेडियो काठमाण्डु डटकम र फेसबुकमा समेत प्रत्यक्ष प्रसारण गर्ने पहिलो रेडियो रेडियो काठमाण्डू हो ।
यस रेडियोले प्रत्येक घण्टा समाचार, स्रोताको रोजाइअनुसारका सूचनामुलक, शिक्षामुलक, मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीका कार्यक्रम प्रसारण गर्दै आएको छ । रेडियो काठमाण्डुले उत्पादन गरेका कतिपय कार्यक्रम देशरभरका एक सय बढी रेडियोहरुबाट प्रसारण हुँदै आएका छन् ।