१९ कात्तिक, मेलम्ची, सिन्धुपाल्चौक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् नेता धनराज गुरुङले आगामी निर्बाचनमा काँग्रेस पाँच दलीय गठबन्धनको भारी बोकेर नजाने बताएका छन् ।
उनले शुक्रबार सिन्धुपाल्चौक मेलम्चीको एक कार्यक्रममा बोल्दै ५ दलीय गठबन्धन सरकार संचालनका लागि हो, यो गठबन्धन चुनावका लागि होईन भन्ने तर्क गरेका छन् ।
नेता गुरुङले चुनावमा कांग्रेसले गठबन्धनको भारी बोकेर जाँदैन, चुनावमा कांग्रेस आफ्नो घोषणापत्र लिएर जनता सामु जान्छ भन्ने ठोकुवा गरेका छन् । नेता गुरुङले यसो भनिरहँदा काँग्रेस सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवा भने निर्बाचनसम्म नै काँग्रेसले सरकार संचालनका लागि बनेको पाँच दलीय गठबन्धन अगाडी बढ्ने बताएका छन् ।
अधिकाँस काँग्रेस नेता कार्यकतार्न तथा शुभचिन्तकसमेत नेता गुरुङको लाईनमा काँग्रेस चुनावमा एक्लै लड्नुपर्ने तर्कमा छन् ।