२२ कार्तिक, काठमाडौं । भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमीकता भएको भन्दै बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिश्वासको मत मागेका छन् ।
उनले प्रदेशमा रहेका सबै दलहरुसंग आज विश्वासको मत मागेका हुन् । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानीक व्यवस्था भएका कारण उनले आज विश्वासको मत लिन लागेका हुन् ।
उनी कार्तिक ११ गते कांग्रेस, माओवादीकेन्द, जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको सर्मथनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।