२४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले छिमेकी मुलुक भारतको दादागीरी प्रति गम्भीर आपत्ति जनाएका छन् ।
पछिल्लो पटक आइतबार र सोमबार भारतीय एसएसबीहरु खुल्लम–खुल्ला हात–हतियारसहित प्रवेश गरि नेपाली भुमी पश्चिम नवलपरासीको सुस्ता क्षेत्रको नापजाँच नै गरेपछि नेता गुरुङले सरकारलाई प्रश्न समेत गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले भारतीय दादागीरी कहिलेसम्म सहने हो ? भन्दै नेपाल सरकारलाई प्रश्न गरेका हुन् । नेपालीको लालपुर्जा भएको जग्गामा नेपालीलाई खेती गर्न नदिने भारतीय मिचाहा प्रबृत्ति बिरुद्ध कोही बोल्नु पर्दैन भन्दै आक्रोसीत गुरुङले यस बिषयमा कुटनैतिक पहल गर्नु पर्दैन भन्द्र प्रश्न गरेका छन् ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा रहेको नारायणी नदी पारीको गाउँ सुस्ता पटकपटक भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको क्षेत्र हो भने पछिल्लो पटक आइतबार र सोमबार भारतीय एसएसबीहरु हतियारसहित पुगेर सुस्ता क्षेत्रको नापजाँच नै गरेपछि बाँकी रहेको जमिनसमेत फेरि भारतले खोसेर लग्ने हो की भन्नेमा सुस्तावासी समेत चिन्तीत रहेका बेला नेता गुरुङको यस्तो धारणा सार्वजनिक भएको हो ।