२७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेताहरु तमासे बनेर बसिरहने हो भने संबिधान खारेज हुन्छ र लोकतन्त्र नै धरापमा पर्छ भनेका छन् ।
उनले अदालतमा देखिएको समस्याको समाधान दलका नेताहरुले खोज्नै पर्छ भन्दै अदालतमा देखिएको समस्यालाई राजनैतिक दलका नेताहरुले अदालतको मात्रै समस्याको रुपमा लिने उनको दाबी छ । नेता गुरुङले आज स्याङ्गजा अर्जुनचौपारीको कार्यक्रममा उक्त कुरा बताएका छन् ।
नेता गुरुङको भनेका छन्, ‘अदालतमा देखिएको समस्यालाई राजनैतिक दलका नेताहरुले अदालतको मात्रै समस्याको रुपमा लिने र नेताहरु तमासे बनेर बसिरहने हो भने संबिधान खारेज हुन्छ र लोकतन्त्र नै धरापमा पर्छ। तसर्थ अदालतमा देखिएको समस्याको समाधान दलका नेताहरुले खोज्नै पर्छ।’