बाग्मती

काठमाडौंमा आयोजना भयो भिन्टेज गाडीहरुको र्‍यालीः ४२ शीर्षकमा दिइयो पुरस्कार

२९ कार्तिक, काठमाडौं । काठमाडौंमा शनिबार क्लासिक काररबाइक र्‍याली आयोजना भएको छ। उक्त र्‍यालीमा पुराना गाडीहरुलाई सहभागी गराइएको थियो ।  नेपालमा भने क्लासिक कारहरु एकदमै कम रहेकाले र्‍यालीमा सहभागी हुन कुनै निश्चित मापदण्ड नतोकिएको आयोजकले जनाएको छ ।क्लासिक काररबाइक नेपालले आयोजना गरेको उक्त र्‍यालीमा विभिन्न ब्राण्डका गाडीहरुको उपस्थिति थियो ।

नेपालमा क्लासिक कारहरु कर, पार्ट्सको अभावलगायतका कारण घरमै थन्काएर राख्ने धेरै भएको आयोजक सुबोध दास श्रेष्ठले बताएका छन् । अहिले नेपालमा भिन्टेज कारहरुको संख्या चारदेखि पाँच सय वटा रहेको उनले जानकारी दिए । नेपालबाट एक सय ५० वटा क्लासिक कारहरु भारत, अमेरिकादेखि युरोपसम्म पुगेको बताइएको छ।

क्लासिक कार जोगाउन अहिलेको मुख्य चुनौती नै कर भएको उनले बताए। गाडी पुरानो हुँदैमा प्रदूषण नगर्ने भन्दै श्रेष्ठले सरकारले क्लासिक गाडीहरुका लागि सरकार उदार हुनुपर्ने जिकिर गरे। जति मेन्टेन गर्‍यो त्यति नै राम्रोसँग कुद्ने भएकाले प्रदूषण धेरै नगर्ने उनको भनाइ छ ।

व्यवसायी राजबहादुर शाहले पनि क्लासिक कारहरु संरक्षण गर्न चर्को कर बाधक भएको प्रतिक्रिया दिए । क्लासिक कार पनि हेरिटेज
भएको भन्दै सरकारले पुराना गाडीहरुका लागि छुट्टै नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। क्लासिक गाडीको उपयोग पर्यटनदेखि विवाह समारोहहरुमा गर्न सकिने शाहले बताए ।

त्यसैगरी, आयोजक प्रेम कार्थक जिमीले पुराना गाडीहरु घरमा थन्काए बिग्रिने भएपनि यस्ता र्‍यालीहरु आयोजना भए पुरस्कार जित्ने र मनोरञ्जन पनि हुने भएकाले सडकमा गाडी निस्किने बताए । पुराना गाडी निर्माण हुँदा कम्पनीहरुले नाफासँगै गुणस्तरमा पनि उत्तिकै ध्याने दिने भएपनि अहिले कम्पनीहरु नाफा केन्द्रित हुन थालेको उनको दाबी छ ।

७३घढसनयाँ गाडीहरु राम्रो भएको भए पुराना गाडी थन्किन्थे। तर, त्यसो भएन। पुराना गाडीहरु राम्रोसँग बनेका छन् । दे आर मेड बेटर, ७३घढस प्रेम कार्थकले भने । क्लासिक गाडीहरु धेरै बिदाको दिन चल्ने भएकाले प्रदूषणको मात्रा धेरै नहुने उनको पनि भनाइ छ। यस्तै, नयाँ गाडी किन्दा निकै महँगो हुने भएपनि क्लासिक गाडीहरु दुई लाख रुपैयाँबाटै सुरु हुने उनले बताए। उनले अहिलेसम्म ६० वटा पुरानो वा थोत्रो गाडीहरु रेस्टोर गरिसकेको बताए ।

आयोजकले ४२ वटा विभिन्न पुरस्कारहरु सहभागीलाई दिएका छन्। क्लासिक कार नेपालमा झण्डै सात हजार व्यक्तिहरु जोडिसकेका
छन्।