३० कार्तिक, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले सर्बाेच्चमा जारी बिबादप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले सर्वोच्च अदालतको प्रांगण रणभूमि जस्तै भएको टिप्पणी गरेका हुन् ।
बिगत दुई सातादेखी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाईमा कानुन व्यवसायीले सर्बाेच्चमा धर्ना लगाएत बिरोध गर्दापनि सरकार मौन बसेको भन्दै ढुंगानाले यस्तो ट्वीट गरेका छन् ।
साथै उनले सर्बाेच्च विवादमा सरकारले हस्तक्षेप नगरि सुरक्षा दस्तामात्र पठाउने गरेको भन्दै सर्वोच्च अदालतको प्रांगण रणभूमि सरह भइसकेको बताएका छन् ।
साथै ढुंगानाले मुद्धा सर्बाेच्चमा रहेकाले मानव अधिकार आयोगको पनि बोली नफुटेको टिप्पणी गरेका छन् । उनले अगाडी प्रश्न गरेका छन्ः प्रधानन्यायाधीश पनि कम ढुक्क हो र ? यो कृतज्ञ सरकार र गठबन्धन महाभियोग जान्दैन ।