कर्णाली प्रदेश

रोल्पा बस दुर्घटनामा चारको मृत्यु, १७ जना घाइते

२ मंसिर, काठमाडौं । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस आज बेलुकी माडी गाउँपालिका–४ तार्केबाङ शहीद मार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

बस सडकबाट २०० मिटर तल खोलामा खसेको थियो । मृतकको पहिचान भई नसकेको उपरीक्षक सुवेदीले बताए । जलजलामा पूजा गर्न बस रिजर्भ गरेर आएका यात्रु दुर्घटनामा परेकोे माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।