समाचार

रुपान्तरणको एजेण्डा सहित नेताहरु अगाडी बढ्नुपर्छः नेता महर

३ मंसिर, काठमाडौं । नेताली कांग्रेसका युवा नेता नैंनसिंह महरले पार्टीलाई गुटरहित बनाउनु पर्नेमा जोड दिएका छन् ।

डडेल्धुरामा क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै नेता महरले नेताहरुको व्यवहार र आचरणले राजनीतिप्रति बितृष्णा रहेको भन्दै त्यसलाई हटाई कांग्रेसलाई गुटरहित बनाउनु पर्ने बताएका हुन् ।

साथै उनले पार्टीमा रुपान्तरण आवस्यक रहेको समेत बताएका छन् । नेता महरले रुपान्तरणको एजेण्डा सहित नेताहरु अगाडी बढ्नुपर्ने बताएका छन् । नेविसंघका पुर्व अधयक्ष समेत रहेका महरले १४ औं महाधिवेशनलाई ध्रुवीकरण रहित महाधिवेशन बनाउनुपर्ने बताएका छन् ।

उनले त्यसका लागि पुराना नेताहरूले युवा पुस्तालाई पनि सँगसँगै लैजानुपर्ने महरले बताए । यसका साथै महरले नेताहरूमा पद लुप्तता हुन नहुने धारणा समेत व्यक्त गरेका छन् ।