गण्डकी प्रदेश

स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित भएका हुन । स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भएका हुन् । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो ।

त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भएका छन् । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरेका छन् । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भएका हुन् ।

सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएका हुन् ।