प्रदेश 1

सञ्चार मन्त्री कार्कीको क्षेत्र प्रदेश क मा कट्वाल समूह भारी मतका साथ बिजयी

४ मंसिर, काठमाडौं । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ ‘क’ मा उपेन्द्र बहादुर कटवाल भारी मतका साथ बिजयी भएका छन् । बिजयी कट्वालले २२५ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी नवराज बस्नेतले जम्मा ७६ मत ल्याएर पराजीत भएका छन् । प्रदेशहह सभा क को मतदानमा जम्मा ३१० मत खसेको थियो ।

त्यस्तै उपसभापतिमा मधुकर तामाङ र मो बाजुदिन मिया बिजयी भएका छन् । उनीहरुले क्रमसः २३४ र २१९ मत ल्याएका छन् । यस्तै सचिवमा अमरेश कुमार मेहता र दिपक सिग्देल बिजयी भएका छन् उनीहरुले क्रमशः २२९ र २२१ मत ल्याएका छन् ।


कट्वाल समूह नेपाल सरकारका प्रवक्ता एबम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की निकट मानिन्छ, उनकै निर्बाचन क्षेत्रको प्रदेश सभा क्षेत्र क रहेको स्थानमा भारी मतका साथ कट्वालले आफ्नो समूहलाई बिजयी गराएका छन् ।

बिजयी उपेन्द्र कट्वाल र पराजीत नवराज बस्नेत मतदानको समयमा तस्विर खिचाउँदै

प्रतिनिधिहरुमासमेत कार्कीनिकट कट्टवाल समूहको झण्डै प्यानलै बिजय भएको स्थानीय नेता तुलसी श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।