समाचार

शान्तिपुर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै कानुन व्यवसायीले मागे गृहमन्त्रीको राजीनामा

५ मंसिर, काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित कानुन व्यवसायीले आजपनि सर्बाेच्चमा बिरोध प्रर्दशन गरेका छन् ।

सर्बाेच्चमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपुर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै उनिहरु गृहमन्त्रीप्रति आक्रोसित भएका छन् । जबराको राजीनामा माग्दै बिरोध गरेका उनिहरुले आज गृहमन्त्री बालकृष्ण खाँडको पनि राजीनामा मागेका छन् ।

आजको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् ।

मंसिर २ गते कानुन व्ययसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए । जबराको राजीनामा माग्दै बारको अगुवाईमा कानुन व्यवसायी बिगत ३ सातादेखी आन्दोलित छन् ।