६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले गैरकानुनी टेलिभिजन प्रधानमन्त्रीद्वारा उदघाटन गर्नु मुलुकका लागि दुर्भाग्यपुर्ण भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले यस्तो बताएका छन् । प्रधानमन्त्री देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गरेको बारेमा चौतर्फि बिरोध भईरहेका बेला नेता गुरुङको यस्तो भनाई सार्वजनिक भएको हो ।
नेता गुरुङले जुन जोगी आए पनि कानै चिरेको भन्ने कथनबाट मुलुकले मुक्ति कहिले पाउने ? भन्दै प्रश्न समेत गरेका छन् । साथै उनले लाजको पसारो पनि भनेका छन् ।
प्रधानमन्त्री देउवाले गत शुक्रबार मात्रै विदेशी लगानीमा सुरु हुन लागेको पतञ्जलीको आस्था नेपाल र पतञ्जली नेपाल नामक दुई विदेशी गैरकानुनी च्यानलको उद्घाटन गरेपछि उनी आफ्नै पार्टीभित्र पनि आलोचित बनेका छन् ।