कर्णाली प्रदेश

कांग्रेस महाधिवेशनः सुर्खेत जिल्ला सभापति महाधिवेशन प्रतिनिधि मै पराजीत

८ मंसिर, सर्खेत । नेपाली कांग्रेसका सुर्खेत जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजीत भएका छन् । महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सुर्खेतका पार्टी सभापति कमलराज रेग्मी पराजित भएका हुन् । उनि रामचन्द्र पौडेल पक्ष तर्फका हुन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार सभापति रेग्मीले ३ सय २० मत प्राप्त गरेपनि पराजित भएका छन् । रेग्मी फेरि जिल्ला सभापतिमा दोहोरिने सोचमा थिए ।

तर, अब उनको फेरि सभापति हुने सोचमा धक्का लागेको छ । जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतनिधिमा जितेको हुनुपर्ने कांग्रेस विभानको व्यवस्था छ । ५ सय मत प्राप्त गर्दै सुर्खेत –२ बाट महामन्त्री खड्का भाइ विष्णुबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।