८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् । आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उनि विजयी भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताए ।
उनका विजयी शाहीले ४७४ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी शाहीले ४६९ मत प्राप्त गरेका छन् । अन्य पदहरूको भने अन्तिम परिणाम आइसकेको छैन ।