लुम्बिनी

रुपन्देही क्षेत्र नं २ को सभापतिमा पुनः लम्साल

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् ।

मङ्गलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठलाई १६० मत अन्तरले हराउँदै लम्साल विजयी भएका हुन् । दोस्रो कार्यकाल पुनः सभापति बनेका लम्सालले ४०२ मत प्राप्त गरेका थिए भने श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिएका छन् ।

त्यसैगरी, सचिव पदमा प्रजापाल गिरी र विमलराज भट्टराई निर्वाचित हुनुभएको छ भने सहसचिव पदमा मिलन थापा र राजबहादुर क्षेत्री निर्वाचित भएका छन् । यसअघि मतगणनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएपछि केही बेर मतगणना रोकिएको थियो ।