राजनीति

देउवा सरकारको सत्ताको दुरुपयोग गरी निर्वाचन अधिकृतलाई पक्राउ गर्ने कार्यको भर्त्सना गर्दछुः डा कोईराला

१० मंसिर, बिराटनगर । नेपाली काँग्रेसका प्रभावाली केन्द्रीय सदस्य डा शेखर कोईरालाले ने्रपाली कांग्रेसको जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित कृयाकलाप देखिएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै कडा शब्दमा भनेका छन्, ‘बर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बिच बाटोबाट पक्राउ गर्ने कार्यको म भर्त्सना गर्दछु ।’
डा कोईरालाले गृहनगर बिराटनगरबाट नेपाली काँग्रेसकै सभापतिको नेतृत्वमा गठीग गृहमन्त्रालयको यस बिषयमा साँकेतिक बिरोध समेत गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै हो, पार्टीको आन्तरिक र सांगठनिक कृयाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यान आकृष्ट गराउँन चाहन्छु।’

डा कोईरालाको स्टाटस्ः ने्रपाली कांग्रेसको जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित कृयाकलाप देखियो।
कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै हो।
बर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बिच बाटोबाट पक्राउ गर्ने कार्यको म भर्त्सना गर्दछु। पार्टीको आन्तरिक र सांगठनिक कृयाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यान आकृष्ट गराउँन चाहन्छु।