१० मंसिर, काठमाडौं । नेकपा एमालेको आजदेखी सुरु भएको दशौँ महाधिवेशनको उद्घाटन सत्र सकिएको छ ।उद्घाटन सत्रमा जे देखियो तस्वीरः
चितवनस्थित नारायणीतिरमा भएको उद्घाटन सत्रमा केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायतका स्थानबा टर्याली निकालिएको थियो ।
१२ मंसिरसम्म चल्ने महाधिवेशनको बन्द सत्र सौराहामा हुने जनाइएको छ ।
सौराहबाट एमालेको नयाँ नेतृत्व चयन हुनेछ । साथै महाधिवेशव उद्घाटन समारोहमा आज विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना दिएका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणी पोख्रेल लगाएतकाले सभालाई सम्बोधन गरेका थिए ।
भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सभालाई सम्बोधन गरेका थिए ।