१४ मंसिर, इनरुवा । नेपाली काँग्रेसका निबर्तमान जिल्ला सभापति एबम् प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोईरालाले प्रदेश नम्बर १ को सभापतिमा उम्मेद्वारी दिएका छन् । सुनसरी जिल्ला अधिवेशनका क्रममा प्रमुख अतिथी रहेका नेपाली काँग्रेसका उपसभापति विजय गच्छदारका अगाडी उम्मेद्वारी दिने घोषणा गरेका नेता कोईरालाले आज सामाजिक सञ्जालमा लेख्दै आफ्नो उम्मेद्वारी रहेको पुनः जानकारी गराएका हुन् ।
नेपाली काँग्रेस सुनसरीमा सम्पन्न जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा कोईराला निकट केदार भण्डारीलाई बिजय गराउन सफल भएपनि सुनसरीको समर्थनसंगसंगै अन्य प्रदेश नम्बर १ का १४ जिल्लाका बहुमत प्रतिनिधिको हुने अनुमान प्रदेश नम्बर १ का बुद्धिजीवीहरुले लगाएका छन् ।
दुई कार्यकाल सुनसरी जिल्लाको सभापति बनेर प्रतिनिधि सभा क्षेत्रमा काँग्रेसले देशभर २३ सीटमात्र बिजय गर्दा पनि सुनसरीका क्षेत्रमध्ये तीन क्षेत्र जिताउन सफल नेतृत्वदायी भूमिका खेल्न सकेका उनी पार्टी पछिल्लो समय काँग्रेसको प्रदेश १ को सभापतिका उम्मेद्वारी दिने तयारीमा छन् ।
फेसबुकमा नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत प्रदेश नबर १ को प्रदेश सभापति पदमा मेरो उम्मेद्बारी रहेको कुरा जानकारी गराएका छन् । उनले प्रदेशको शसक्तीकरण र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण मेरो परम उद्देश्य रहेको बताएका छन् ।
नेता कोईरालाले एक नम्बर प्रदेशमा नेपाली कांग्रेस को संगठन बलियो बनाउन मेरो उम्मेद्बारी रहेको जानकारी गराउदै सम्पुर्ण आदरणीय मतदाता मतदानका लागि विनम्र अनुरोध गर्दछु भनेका छन् । सम्पर्न जिल्ला अधिवेशनमा नेपाली काँग्रेसका उपसभापति बिजय कुमार गच्छदार, केन्द्रीय सदस्य एबम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतले असहयोग गर्दा पनि राजीव कोईरालाको समूहबाट उम्मेद्वारी दिएका केदार भण्डारीले सभापति जित्न सफल भएका थिए । नेता गच्छदार, कार्कीको समर्थन सञ्जय प्रसाद श्रेष्ठलाई रहेको थियो ।
नेता कोईरालाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत प्रदेश नबर १ को प्रदेश सभापति पदमा मेरो उम्मेद्बारी रहेको कुरा जानकारी गराउन चाहान्छु । प्रदेशको शसक्तीकरण र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण मेरो परम उद्देश्य हो । एक नम्बर प्रदेशमा नेपाली कांग्रेस को संगठन बलियो बनाउन मेरो उम्मेद्बारी रहेको जानकारी गराउदै सम्पुर्ण आदरणीय मतदाता मतदानका लागि विनम्र अनुरोध गर्दछु।’