प्रदेश 1

देउवा र आफ्नै प्यानलका नेता रामचन्द्रको असहयोग हुँदा पनि डा कोइराला पक्षका लिम्बू बिजयी

१५ मंसिर, बिराटनगर । मेरङ जिल्ला नेपाली काँग्रेसको सभापतिमा डिग बहादुर लिम्बू पुनः निर्बाचित भएका छन् । आईतबारको मतगणनामा लिम्बूले १५ सय ४४ अथवा सबै भन्दा बढी मत ल्याए पनि ५१ प्रतिशत नपुगेका कारण पुनः भएको मतदानपछिको मतगणनामा १९ सय ६ मतसहित बिजय भएका हुन् ।
नेपाली काँग्रेसका सभापतिका उम्मेद्वार एबम् प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईराला निकट भएर सभापति लडेका नेता लिम्बू निर्बाचित भएपछि प्रदेश नम्बर १ मा कोईराला पक्षको नेपाली काँग्रेसको होल्ड भएको पुष्टी भएको स्थनीय नेताहरुको दाबी छ ।
पहिलोपल्ट निकटतम प्रतिद्वन्दी दिलीप गच्छदारले ११ सय ६६ र अर्का प्रत्यासी यदु बिष्टले ६५३ मत ल्याएका थिए । पछिल्लो पटक भएको मतदान र मतगणनामा बिष्ट पक्षको समर्थन दिलिप गच्छदारलाई भएपनि अत्याधीक मतले डा कोईराला निकट लिम्बू सभापतिमा निर्बाचत भएका छन् । पछिल्लो मतदान र गणनामा गच्छदारले १४ सय मत प्राप्त गरी पराजय भोगेका छन् ।
पछिल्लो मतदानमा दिलीप गच्छदारलाई प्रधानमन्त्ती एबम् पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, बिजय कुमार गच्छदार, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौलालगायत नेताहरुको समर्थन भएको भएपनि नेता डा कोईराला प्यानलका लिम्बू एक्लैले सभापतिमा बिजय हाँसिल गर्न सफल भएका छन् ।