अन्तर्राष्ट्रिय

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए

१७ मंसिर, एजेन्सी । शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२।६ मिलियन डोज लगाइएको थियो ।

शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्। हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।