स्वास्थ्य

नेपालमा आज कोरोनाका कारण मृत्यु शुन्यः २४६ जना संक्रमीत

१७ मंसिर, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाका कारण कसैलेपनि ज्यान गुमाएनन् । साथै पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ४ सय पीसीआर परीक्षणमा १ हजार ४ सय ३६ एन्टिजेन परीक्षणमा गरी कुल ७ हजार ८ सय ३६ जनाको परीक्षणमा २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ३ हजार ७१६ संक्रमण मुक्त भइसेकका छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

हाल देशभर ११ हजार ५३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ ।